प्रदेश २ सरकारमा माओवादीबाट बने साह मन्त्री र कर्ण राज्यमन्त्री 

सन्तोष सिंह

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)बाट दुई जना मन्त्रीले शपथ लिएका छन् ।शनिबार प्रदेश प्रमुख डा राजेश झा अहिराजले भरत साह आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा शपथ खुवाएका हुन् । साह महोत्तरी क्षेत्र नम्बर १(१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । 

प्रदेश २ सरकारमा माओवादीबाट बने साह मन्त्री र कर्ण राज्यमन्त्री 

मन्त्री साहले कसैको नाममा शपथ खाएन भने राज्यमन्त्री कर्ण सहिदको नाममा शपथ लिइन् । उनीहरुले मातृभाषामा शपथ गर्न इच्छा देखाए पनि कानुनी जटिलताका कारण नेपाली भाषामै शपथ खाए ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीको राजीनामा शनिबार मुख्यमन्त्री राउतले स्वीकृत गरेका थिए । मुख्यमन्त्री राउतसमक्ष आन्तिरक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि सरकारमा सहभागी भएको थिएन ।

प्रकाशित : श्रावण २, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?