


सर्लाही — ग्रामीण क्षेत्रका मुख्य सडक स्तरोन्नति हुन नसक्दा जीर्ण बनेका छन् । जीर्ण सडकहरू वर्षाका बेला क्षतविक्षत बन्दा नागरिकले सास्ती खेप्नुपरेको छ । कतिपय मुख्य सडकमा दुई फिटसम्मको गहिरो खाडल छ, जसका कारण यात्रा गर्न निकै असहज भइरहेको नागरिकको गुनासो छ ।

हुलाकी सडकमा जोडिने फुलपरासी–सिमरा सडक खण्डको अवस्था दयनीय छ । सात किलोमिटर लम्बाइको यो सडक लामो समयदेखि स्तरोन्नति नहुँदा स्थानीयले हिउँदमा धुलाम्मे र वर्षामा हिलोको सास्ती खेप्दै आएका छन् । दुलवा, बत्रौल, सिमरा–फेनहारा, बारा उधोरण, मधुवनलगायतको गाउँ जोड्ने मुख्य सडकमा वर्षाले झनै समस्या बढाएको हो । यो सडकको दर्जनौं स्थानमा दुई फिटसम्मको गहिरो खाडल छ । जीर्ण सडक र ठूला–ठूला खाडलकै कारण साना दुई पांग्रे सवारी यो सडकमा दिनहुँ दुर्घटनामा पर्ने गरेका छन् ।
सडकमा ठूला–ठूला खाडल तथा चिप्लो माटोका कारण सवारी आवागमनमा निकै समस्या भोग्नु परिरहेको विष्णु गाउँपालिका–३ मधुवनका बिन्ती चौधरीको गुनासो छ । ‘करिब आधा दर्जन बस्ती हुलाकी सडकसँग जोड्ने मुख्य सडक हो, तर सडकको अवस्था दयनीय छ,’ उनले भने । स्थानीय शिवजी राउतको पनि गुनासो यस्तै छ । राउत वर्षा लागेसँगै गाउँबाट बाहिर निक्लन सकेका छैनन् । उनले यो सडकमा ट्र्याक्टरबाहेक अरू कुनै सवारीसाधन चल्न मुस्किल पर्ने गरेको बताए ।
राउतले आपत्–विपत्का बेला अथवा गम्भीर बिरामीलाई अस्पताल पुर्याउनै सकस हुने जानकारी दिए । सडककै अवस्थाले एम्बुलेन्ससमेत नआउने गरेको उनको भनाइ छ । यो बाटो भएर गत साता प्रदेश प्रमुख राजेश झा सीमाको निरीक्षण गर्न पुगेका थिए । एस्कर्टिङमा रहेका उनी सवार गाडी खाडल बाटो भएर अगाडि जाने अवस्था नभएपछि एक्स्काभेटर नै मगाएर बाटो सम्याउनुपरेको थियो ।
नवलपुर–मलंगवा जोड्ने सडकबाट मुख्य व्यापारिक केन्द्र बरहथवालाई जोड्ने छोटो सडकका रूपमा रहेको गैरदेखि पिपरियाको सडकको अवस्था पनि त्यस्तै छ । गत वर्ष असार सकिनै लाग्दा २२ लाखको लागतमा स्तरोन्नति गरिएको यो सडकमा वर्षाका बेला हिँड्नै मुस्किल पर्ने गरेको स्थानीयको गुनासो छ । अत्यधिक ट्रिपर चल्दा सडक जीर्ण बनेको हो । वर्षैभरि मुख ताकेर बस्ने र वर्षको अन्तिम समयमा विकास गर्ने परम्परा रहेकाले बनेको सडक पनि भत्किने गरेको स्थानीय सुरेश साहले बताए । उनले असारे विकासले नागरिकलाई हितभन्दा हानि नै पुर्याएको बताए । ‘असारे विकासले नेतालाई मात्र फाइदा स्थानीयलाई त सास्ती नै सास्ती छ,’ साहले भने, ‘ट्रिपर नचलाएको भए स्तरोन्नति भइसकेको सडकको अवस्था दयनीय हुने थिएन ।’
जिल्लाका मुख्य सडकहरूको अवस्था सुधार भए पनि ग्रामीण क्षेत्रका मुख्य तथा सहायक सडकको दूरवस्था रहेको नागरिक अगुवा रजनीकान्त झाले बताए । उनले कतिपय सडकमा स्थानीय तहले लगानी नै नगरेको तथा कतिपय सडकमा बर्सेनि लगानी हुँदा पनि सडकको अवस्थामा सुधार हुन नसकेको जानकारी दिए । झाले निर्वाचित जनप्रतिनिधि इमानदार तथा जनताको दुःख पीडामा मलम लगाउन नसक्ने भएकाले नागरिकले सडककै कारण सास्ती खेप्नु परिरहेको आरोप लगाए ।
प्रकाशित : असार २३, २०७८ १३:१२







'गंगा जमुना' र 'मुगले आजम'को अभिनयले उनलाई दर्शकबीच चर्चामा ल्याएको हो । सन् १९४४ मा आफ्नो फिल्मी करिअर सुरुवात गर्दा उनमा पारसी थिएटरको प्रभाव देखिन्थ्यो । कथाकार सलीम भन्छन्,'दिलीप कुमारले पहिला आफ्नो सूक्ष्म अभिनयलाई केलाएर पर्दामा उतारे । उदाहरणका लागि त्यतिकै स्थिर बस्ने र मौन बस्ने भूमिकाले दर्शकमा गज्जब प्रभाव छोडेको थियो ।' 











