२ सय ग्राम सुनसहित २ जना पक्राउ

भरत जर्घा मगर

सिरहा — सशस्त्र प्रहरीले सिरहाको गोलबजारबाट स्रोत नखुलेको सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको टोलीले लक्ष्मीपुरपतारी गाउँपालिका–४ का जीवछकुमार मण्डल र मोहम्मद साउद्दिन खानलाई दुई सय ग्राम सुनसहित पक्राउ गरेको हो ।

गस्ती टोलीलाई देखेपछि झोला र मोटरसाइकल छोडेर भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा सुन फेला परेको सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारका निरीक्षक श्यामबाबु यादवले जानकारी दिए ।

उनका अनुसार बरामद सुन जिल्ला भन्सार कार्यालय खैरटोकामा बुधबार बुझाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १०, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?