कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीडीओलाई व्यापारीको ज्ञापनपत्र

धनुषा — प्रहरीले झूटा विवरण र कैफियत देखाएर व्यवसायीको सामान जफत गरी भन्सार बुझाउने काम रोक्नुपर्ने माग गर्दै जनकपुर उद्योग वाणिज्य संघले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।



राजस्व तिरेर ढुवानी गरिरहेको सामान र सवारीसाधन बिलमा लेखिएको स्थान र गोदाममा नपुग्दै प्रहरीले पक्राउ गर्ने गरेको भन्दै सोमबार धनुषाका सीडीओ बन्दुप्रसाद बाँस्तोलामार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाइएको छ ।

आन्तरिक राजस्व कार्यालयबाट अनुमति पाएको नेपाल–भारत सिमानानजिक रहेको गोदामसम्म व्यवसायीलाई सामान पुर्‍याउन प्रहरीले अवरोध गरेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

प्रकाशित : असार १०, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?