२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको पल्सीमा रहेको एक इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दाजुभाइको मृत्यु भएको छ । 

मलंगवा नगरपालिका–११ पल्सीमा रहेको इँटा उद्योगले खनेको खाल्डोमा डुबेर गम्हरियाका सद्दाम अन्सारीका ८ वर्षीय छोरा रियाज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बुधबार बिहान बाख्रा चराउन गएका बेला पल्सीस्थित उनीहरु पौडी खेल्न खाल्डोमा जमेको पानीमा पसेका थिए ।

उनीहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले साथी डुबेको खबर गरेपछि इँटाभट्टाका मजदुर र गाउँले घटनास्थलमा पुगेका थिए ।

डुबेका दुई बालकलाई स्थानीयले निकालेर उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ९, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?