१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैयाँसहित एक जना पक्राउ

सुनिता बराल

बागलुङ — महोत्तरीको मट्टिहानीबाट स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा मुखियापट्टि मुसहरनिया १ का ३८ वर्षीय संजयकुमार साह रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैयाँसहित एक जना पक्राउ

अनटेस्ट स्कुटरमा लुकाएर ल्याएको रकमसहित साहलाई जिल्ला प्रहरी र मट्टिहानी चौकीबाट गस्तीमा खटेको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

नेपाल–भारत सीमाबाट नेपालतर्फ आउँदै गरेका साहको साथबाट स्रोत नखुलेको रकम बरामद भएकाले उनलाई कानुनबमोजिम कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ९, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?