कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिरहामा करेन्ट लागेर २ को मृत्यु 

भरत जर्घामगर

सिरहा — सिरहाका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लहान नगरपालिका–९ का ५० वर्षीय जोगिन्दर साह र भगवानपुर गाउँपालिका–५ का ४५ वर्षीय देव नारायण यादवको सोमबार करेन्ट लागेर मृत्यु भएको हो ।

साह खेतमा कल गाड्ने क्रममा र यादव घरको विद्युतीय मिटरको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

उपचारको लागि अस्पताल लैजाने क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ८, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?