कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सप्तरीमा बालिकाको हत्या गर्ने पक्राउ

अवधेशकुमार झा

राजविराज — सप्तरीमा ९ वर्षीया बालिकाको हत्या भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया शिवानीकुमारी यादवको हत्या भएको हो । गत शुक्रबार हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिवानीको शव पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो ।

आफ्नी कान्छी बहिनीसहित बाख्रा लिएर खेततर्फ चराउन र घाँस काट्नका लागि हँसिया लिएर घरबाट निस्केकी शिवानी फूलबारी नजिक पुगेपछि बहिनीलाई बाख्रा लिएर जान अह्राउँदै आफूले आँप टिपेर ल्याउने बताएकी थिइन् ।

आँप टिप्ने क्रममा फूलबारीमा १९ वर्षीय रोहितकुमार यादवले शिवानीलाई यौन दुर्व्यवहारको प्रयास गरेका थिए । शिवानीले जबर्जस्ती करणी अस्वीकार गर्दै अभिभावकलाई बताइदिने भनेपछि उनकै हातमा रहेको हँसियाले घाँटी रेटेर रोहितले उनको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । ‘मैले करणी गर्न खोजेको हुँ तर उसले मानिन र अभिभावकलाई बताइदिने भनेपछि घाँटी रेटेर हत्या गरेको हुँ’ आरोपी रोहितकुमारले प्रहरीमा दिएको प्रारम्भिक बयान उदृत गर्दै एसपी धमलाले भने । बालिकाले आँप टिपिरहेको बेला आरोपीले आफूले आँप टिपिदिने बताएको र कुरा गर्दागर्दै जबर्जस्ती करणी गर्न खोजेको कुरा उनले स्वीकार गरेको एसपी धमलाले बताए ।

शिवानीको शव घाँटी रेटिएको अवस्थामा फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले आरोपी रोहितकुमार यादवलाई आइतबार साँझ पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी धमलाले जनाए ।

प्रकाशित : असार ७, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?