कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा खोलाले बगाउँदा बालकको मृत्यु

अवधेशकुमार झा

राजविराज — खोलाले बगाउँदा सप्तरीमा बुधबार बालकको मृत्यु भएको छ । बलानबिहुल गाउँपालिका ४ बेल्हीका १३ वर्षीय सन्तोष भण्डारीको भुतही बलान खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जनाए ।

बुधबार दिउँसो साढे ४ बजेको समयमा भुतही बलान खोलापारि खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्‍याउन जाने क्रममा बाढीले सन्तोषलाई बगाएको थियो । सन्तोषलाई खोज्ने क्रममा उनको मृत शरीर सिमावर्ती बिहार राज्यको मधुवनी जिल्ला मझौरास्थित बलान खोला किनारमा फेला परेको डिएसपी काफलेले जनाए ।

प्रकाशित : असार २, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?