२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

शिलान्यास गरिएका अस्पताल अलपत्र

राजविराज — गत मंसिर १५ गते देशभरी एकैसाथ ३ सय ९ स्थानीय तहमा नयाँ अस्पताल बनाउन शिलान्यास गरियो । सप्तरीका ३ पालिकामा पनि बढो तामझामका साथ अस्पतालको शिलान्यास भयो । अस्पताल बन्न लागेकोमा स्थानीय खुसी थिए । तर, शिलान्यास भएको साढे ६ महिना बित्दा पनि अझै निर्माणको सुरसार छैन ।

सप्तरीका कञ्चनरूप, सुरुङगा नगरपालिका र तिरहुत गाउँपालिकामा अस्पताल शिलन्यास गरिएको थियो । एउटा अस्पतालको लागत ३६ करोड रुपैयाँका दरले पहिलो चरणमा तीनै पालिकामा संघ सरकारले ३ करोड रुपैयाँ पठाइसकेको छ । तर, कतै टेन्डर हुन नसकेको, कतै जग्गा नमिलेको त कतै टेन्डर भई मूल्यांकनमै समय लागेको भन्दै अस्पतालको काम अघि बढ्न सकेको छैन ।

तिरहुतमा टेन्डर नै हुन सकेको छैन । अब टेन्डर प्रक्रियामा जान लागेको तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्तकुमार बहरखेरले जनाए । ‘केही समस्याका कारण ढिला भयो,’ उनले भने, ‘अब चाँडै टेन्डर प्रक्रियामा जान्छौँ ।’ प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कामकाजसमेत एक महिनादेखि प्रभावित छ ।

कञ्चनरूपमा पनि टेन्डर नै हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले अस्पतालको डीपीआर बनिसकेको र अब टेन्डरमा जाने बताए । संघ सरकारले पठाएको इस्टिमेट र डीपीआरअनुसार जग्गा नमिलेकाले केही जग्गा खरिदको प्रक्रियामा रहेको उनको भनाइ छ ।

प्रकाशित : असार २, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?