१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्सामा परिमार्जनसहित असार ६ सम्म थपियो निषेधाज्ञा

भूषण यादव

वीरगन्ज — पर्सामा जारी निषेधाज्ञा केही परिमार्जनसहित असार ६ सम्म थप्ने निर्णय भएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञा कोभिडको संक्रमण तोडन उपयोगी भएको देखिएकाले जारी आदेशलाई परिमार्जनसहित असार ६ सम्म राति १२ बजेसम्म थपिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्सामा परिमार्जनसहित असार ६ सम्म थपियो निषेधाज्ञा

जिल्लामा गत वैशाख १६ देखि निषेधाज्ञा लागू गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे द्वारा जारी विज्ञप्तिमा खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय बाहेक अन्य सबै पसल व्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्य वस्तुका पसलहरू, कृषि भेटेनरी सम्बन्ध पसलहरू, निर्माण सामग्रीका पसलहरू, वर्कसप १२ बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न पाइने जनाइएको छ ।

सो समयको अतिरिक्त तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ लगायतका खाद्य वस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा नपर्ने जनाइएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?