२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमान पक्राउ

शिव पुरी

रौतहट — घरायसी झगडाका कारणका आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले यहाँका एक सुनचाँदी व्यवसायीलाई शनिबार साँझ पक्राउ गरेको छ । एसिड प्रहारबाट घाइते ती महिलाको स्थानीय एपोलो अस्पतालमा उपचार भइरहेको छ ।  

श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमान पक्राउ

चन्द्रपुर ४ स्थित मनिषा सुनचाँदी पसलका सञ्चालक दिपक विकले श्रीमती दिपिकालाई एसिड प्रहार गरेका हुन् । दिपिकाको पाखुरा र पेटमा एसिडले घाउ भएको छ । घाइते दिपिकाको अवस्था ठीक रहेको अस्पतालका चिकित्सक एके यादवले बताए । ‘घाइतेको अनुहारमा एसिड परेको छैन,’ उनले भने,‘शरीरको भागमा परेकोले अवस्था ठिक छ । उपचार हुँदै छ ।’

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले एसिड प्रहार गर्ने दिपकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।

चन्द्रनिगाहपुर चोकबाट केही पूर्व राजमार्गमै सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिक दम्पतीको लामो समयदेखि झगडा हुँदै आएको चन्द्रनिगाहपुर प्रहरीले जनायो ।

प्रकाशित : जेष्ठ २९, २०७८ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?