विद्यार्थीका लागि पठाइएको खोप अरुलाई लगाउन दबाब- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीका लागि पठाइएको खोप अरुलाई लगाउन दबाब

भूषण यादव

वीरगन्ज — जिल्ला खोप समन्वय समिति पर्साले वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीका लागि शुक्रबार पठाएको भरोसेल खोप कर्मचारी र तिनका आफन्तले लगाएपछि विवाद उत्पन्न भएको छ ।

स्वास्थ्यकर्मीले विद्यार्थीका लागि आएको खोप कर्मचारी र तिनका आफन्तलाई दिन नमानेपछि व्यवस्थापन समितिबीच विवाद भएको थियो । प्रहरीकै अगाडि कलेज व्यवस्थापन पक्षले दुर्व्यवहार गरेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्वास्थ्यकर्मीलाई उद्धार गरी कलेज परिसरबाट बाहिर लगिएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार खोप अभियानको पहिलो दिन विवाद भएपछि दोस्रो दिन शनिबार कलेज परिसरमा खोप लगाइएको छैन ।

पर्सामा शुक्रबारदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको हो । मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीका लागि खोप पठाइएको थियो । विवाद हुनु अघिसम्म १९० जनाले खोप लगाएका थिए । जसमध्ये १४१ जनाको नाम मात्र मेडिकल कलेजले उपलब्ध गराउन सकेको छ । स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले खोप अभियानको पहिलो दिन नेसनल मेडिकल कलेजका कर्मचारीले आफैले फर्जी फर्म भरी खोप लगाउन दबाब दिएपछि विवाद भएको बताए । ‘सुरुमा खोप अभियान व्यवस्थित नै चलिरहेको थियो, स्वास्थ्य कार्यालयका दुई जना कर्मचारीले फर्म भरी खोप लगाइरहेका थिए,’ साहले भने, ‘केही समयपछि कलेजका कर्मचारी आफैले फर्जी इन्ट्र्री गरी खोप लगाउन थाले, अनि विवाद सुरु भयो ।’ फर्जी विवरण राखेर इन्ट्री गर्न थालेपछि विवाद भएको थियो ।

‘शुक्रबार मेडिकल कलेजमा १ सय ९० जनाले भेरोसेल खोप लगाएका छन्,’ जनस्वास्थ्य प्रमुख साह भन्छन्, ‘तर, १ सय ४१ जनाको मात्र विवरण आएको छ, हालसम्म ४९ जनाको लिस्टिङ नै उपलब्ध गराउन सकेका छैनन् ।’

खोप लिएका सबैको विवरण उपलब्ध गराएपछि मेडिकलमा फेरि खोप अभियान सुरु गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीलाई कलेज व्यस्थापनले बाहिर निस्किन नदिएपछि प्रहरीको सहयोग लिनुपरेको साहले खुलाए । ‘विद्यार्थीबाहेकलाई खोप लगाउन नमानेपछि कलेजका कर्मचारीले स्वास्थ्यकर्मीलाई बाहिर निस्किन दिएका थिएनन्,’ साहले भने, ‘प्रहरीलाई खबर गरेपछि स्वास्थ्यकर्मी बाहिर निस्किए ।’ प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले नेसनल मेडिकल कलेजमा शुक्रबार खोप दिने क्रममा विवाद भएको जानकारी आएपछि इन्सपेक्टरको टोली पठाइएको बताए ।

प्रकाशित : जेष्ठ २९, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्

कचुर

सुष्मा रानाहँमा

गर्नू बिजुवाको टुङ्गोराख्नू घरमा चिन्ताराखेर एक मुठी अक्षताहेराउनू जोखना परदेशीको समेत ।

यारी तर्दै गर्दा रिसिया गाउँदै

ट्याम्के चढ्दै गर्दा सोध्नू नछुङलाई

खबर परदेशीको समेत ।

काट्दा काट्दै कचुर

उल्टिन पनि सक्छ, सुल्टिन पनि सक्छ

बिन्ती छ, नरूनू विरह गालेर ।


वबबु र वाछेर, फुर्के र लिसो

चोखो होस् सङ्लो साप्सुजस्तै

घरी नै घरी

तकायो, केन्छेरूवाहरुले जस्तै सुन्नू

तर, नरूनू विरह गालेर

फरक आउला पार्सल यो पालि सधैंभन्दा

उघार्नू बाकस

हटाउनू कफन र छोइदिनू अन्तिम पटक ।

बुझाइदिनू नबुझेको मन

सम्हाल्नू आफूलाई

बिन्ती छ

नहान्नू सेंहा

नखेद्नू सिकारी भनेर

चुलामा बस्ने पनि भाग्य छैन भने

बरू, लागिदिउँला बाटो आफैं ।

नोट : (यारी = धामीले मन्त्रमा हिँड्ने बाटो । रिसिया = आत्माहरूसँगको संवाद । कचुर = संकेत । वाछेर = जाँडको छोक्रा । तकायो = धामीको विशेष सहयोगी । केन्छेरुवा = धामीको कार्यकर्ता । सेंहा = कुल/चुलामा बस्न नपाउने मृतात्मा ।)

प्रकाशित : जेष्ठ २९, २०७८ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×