कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धनुषामा नागरिकता माग्दै युवाहरुको प्रदर्शन

श्यामसुन्दर शशि

जनकपुर — वंशजको आधारमा नागरिकता माग्दै शुक्रबार धनुषामा प्रदर्शन गरिएको छ ।

धनुषामा नागरिकता माग्दै युवाहरुको प्रदर्शन

बिहीबार संवैधानिक अदालतले नागरिकता अध्यादेश पहिलो संशोधनको कार्यान्वयनमाथि अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमाथि हाललाई रोक लगाएपछि नागरिकताविहीन युवाहरुले प्रदर्शन गरेका हुन् । सहभागीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर, अनागरिक बनाउन पाइँदैन, देशका असल नागरिक–पहिचान गर, संविधान संशोधन छिटो गरजस्ता प्लेकार्ड बोकेर नाराबाजी गर्नुका साथै प्रदर्शन गरेका थिए ।

ढल्केवरको खानेपानी कार्यालय अगाडिबाट सुरु भएको विरोध प्रदर्शन ढल्केवर चोकको परिक्रमा गरी सहिद स्मारक पार्क अगाडि कोणसभामा परिणत भएको थियो ।

नेपालको संविधान २०७२ जारी भएको ६ वर्ष बित्न लागे पनि आफूहरुले संविधानबमोजिम नागरिकता प्राप्त गर्न नसकेकोमा उनीहरु आक्रोशित थिए ।

प्रकाशित : जेष्ठ २८, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?