मनाइयो वट सावित्री पर्व- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाइयो वट सावित्री पर्व

कान्तिपुर संवाददाता

जनकपुर — ब्राह्मण, कायस्थ तथा बरही जातिका विवाहित महिलाले मात्र मनाउने वट सावित्री पर्व पछिल्लो समय समावेशी बनेको छ ।

जेठ अमावस्याको दिन मनाइने यस पर्वमा बिहीबार यी जातिबाहेकका महिलाले पनि हर्षोल्लासपूर्वक मनाए । प्रकृति पूजाको यस पर्वमा महिलाहरू वट (वर) को वृक्षलाई पूजा गर्छन् । मिथिलाञ्चलको पर्व ‘वट सावित्री’ को दिन यहाँ वटवृक्षलाई श्रीमान्को जस्तै सेवा गर्ने चलन छ ।

बिहीबार बिहानैदेखि जनकपुरसहित मिथिलाञ्चलभरिका प्रायः सबै वटवृक्षमुनि व्रतालु महिलाको भीड लागेको थियो । आँप, केरा, अनारजस्ता फलफूल बोकेका महिलाहरू वटवृक्षलाई पूजापाठ गरेर पतिको दीर्घायु तथा परिवारको सुखसमृद्धिको कामना गर्छन् ।

व्रतालुहरूका अनुसार व्रत बस्नुभन्दा एक दिनअघि चोखो खाना खाएकी व्रतालुहरू अमावस्याको दिन बिहानैदेखि उपवास बस्छन् । वटवृक्षलाई पूजा गरेपछि मात्र अन्नजल ग्रहण गर्छन् ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा एक जना पक्राउ, एकको खोजी हुँदै

भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारको आरोपमा एक युवकलाई पक्राउ गरेको छ  ।

बेदकोट नगरपालिकामा १९ वर्षीया किशोरीमाथि बिहीबारसामूहिक बलात्कारमा संलग्न भएको आरोपमा २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार दिउँसो विक र अर्का एक युवकले किशोरीलाई बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाले घटनामा संलग्न भनिएका अर्का युवकको खोजी भइरहेको बताएका छन् । उनले किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताए ।


प्रकाशित : जेष्ठ २८, २०७८ ०९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×