प्रदेश २ को नीति तथा कार्यक्रम आज- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ को नीति तथा कार्यक्रम आज

सन्तोष सिंह

धनुषा — प्रदेश २ को नीति तथा कार्यक्रम प्रदेशसभामा आज प्रस्तुत हुँदै छ । आर्थिक वर्ष ०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेशप्रमुख राजेश झाले प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।  

प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिँदा आआफ्नो संस्कृति झल्कने पहिरनमा उपस्थित हुन सभामुखले सांसदहरूलाई आग्रह गरेका छन् ।


प्रकाशित : जेष्ठ २७, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

पोर्चुगलले इजरायललाई ४-० ले हरायो

एजेन्सी

लिस्बन — ब्रुनो फर्नान्डेजले दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोका लागि एक गोलको अवसर पनि सिर्जना गरेपछि पोर्चुगलले बुधबार इजरायलमाथि ४–० जित निकालेको छ ।

युरो २०२० अगाडि डिफेन्डिङ च्याम्पियनको यो अन्तिम मैत्रीपूर्ण खेल हो ।

पोर्चुगलका लागि एक अर्को गोल जाओ कानसेलोले खेलको अन्त्यतिर गरे । पोर्चुगलले मंगलबार युरो २०२० को आफ्नो पहिलो खेलमा हंगेरीको सामना गर्दैछ ।

बुधबारको अर्को मैत्रीपूर्ण खेलमा अमेरिकाले कोस्टारिकालाई समान ४–० ले हराएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×