कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वीरगन्ज-पथलैया औद्योगिक करिडोरका मजदुरलाई कोभिड भ्याक्सिन माग

शंकर आचार्य

पर्सा — वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज पथलैया औद्योगिक करिडोरका मजदुरलाई अविलम्ब कोभिड भ्याक्सिनको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

वीरगन्ज-पथलैया औद्योगिक करिडोरका मजदुरलाई कोभिड भ्याक्सिन माग

संघका अध्यक्ष सुबोध गुप्ताले करिडोरका करिब १ हजार उद्योगमा कार्यरत १ लाख २५ हजार कर्मचारी तथा मजदुरलाई प्राथमिकतामा राखेर अविलम्ब भ्याक्सिन दिनु पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई पत्राचार गरेका हुन् ।

‘कोभिडको बढ्दो महामारी र संक्रमणले थिलथिलो भएको राष्ट्रिय जीवनका हरेक क्षेत्रलाई कोभिडबाट सुरक्षित राख्न कोभीड भ्याक्सिन एकमात्र महत्वपूर्ण विकल्प रहेको तथ्य अवगत नै छ,’ पत्रमा भनिएको छ, ‘कोभिडको पहिलो र दोस्रो लहरको भयावहताका बीच पनि नियमित रुपमा उद्योग प्रतिष्ठान काम गरिरहेका कर्मचारी, कामदार, उद्योगी, व्यवासायीहरु हालसम्म कोभिड भ्याक्सिन लिनबाट बन्चित रहेको दुःखद् तथ्य अवगत गराउन चाहन्छु ।’

मुलुकका सामु कोभिडले गर्दा विद्यमान असहज परिस्थितिमा निजी क्षेत्रले राष्ट्रिय आकांक्षा र आवश्यकता परिपूर्तिका लागि जोखिम र चुनौतीकाबीच उद्योग प्रतिष्ठान संचालन गरेर आधारभूत आवश्यकताको परिपूर्ति गरिरहेको भए तापनि यस क्षेत्रको भूमिका र योगदानलाई राज्यले जुन प्राथमिकतामा राख्नु पर्दथ्यो त्यो हुन नससेको तथ्य पटक–पटकको खोप उपलब्ध गराउने अनुरोधलाई बेवास्ता र नजरअन्दाज गरेकोबाट पुष्टि भइरहेको आरोपसमेत लगाइएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?