प्रदेशसभा बैठकमा ठाकुर–महतो पक्ष उपस्थित नहुने

सन्तोष सिंह

धनुषा — जनता समाजवादी पार्टी(जसपा) को ठाकुर–महतो पक्षका प्रदेश सांसदहरुले प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।

प्रदेशसभा बैठकमा ठाकुर–महतो पक्ष उपस्थित नहुने

प्रदेशसभामा बसेको ठाकुर–महतो पक्ष पूर्वराजपा संसदीय दलको बैठकले छैटौं अधिवेशनको पहिलो बैठकमा अनुउपस्थित हुने र केन्द्रको निर्देशन अनुसार अगाडि बढ्ने निर्णय गरेको प्रदेश सांसद सुरेश मण्डलले बताए ।

'सोमबार बसेको राजपा संसदीय दलको बैठकमा प्रदेशसभाको बैठकमा अनुउपस्थित भएर केन्द्रको निर्णय पर्खिने सहमति भएको छ,' मण्डलले भने, ‘प्रदेशको पछिल्लो राजनीति घटना क्रमबारे केन्द्रमा आज बैठक बस्दैछ । केन्द्रको निर्णय अनुसार हामी अगाडि बढ्ने छौं ।’ जसपा अध्यक्ष उपेन्द्र यादव समूहले ठाकुर–महतो समूहका ४ मन्त्रीलाई आइतबार राति पदमुक्त गरेपछि पूर्व राजपाका प्रदेश सांसदहरुले अगामी रणनीति तय गर्न संसदीय दलको बैठक बसेको मण्डलले बताए ।

आइतबार जसपा अध्यक्ष उपेन्द्र यादव समूहले संसदीय दलको विधान बहुमतले पारित गर्दै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई बहुमतले चयन गरेका छन् ।

प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक आज बस्दै छ । पहिलो दिनको बैठकमा शुभकामना र सरकारले प्रिबजेट विवरण पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले बताए।

प्रकाशित : जेष्ठ २४, २०७८ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?