१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

औषधि व्यवसायीमाथि गोली प्रहार

भरत जर्घामगर

सिरहा — सिरहाको मिर्चैयाका एक व्यवसायीमाथि शनिबार राति गोली प्रहार भएको छ । तीन–चार जनाको संख्यामा आएको हतियारधारी समूहले मिर्चैया नगरपालिका–५ का ३९ वर्षीय रामसागर साफीलाई गोली हानेको हो । 

मिर्चैयास्थित मंगलम हेल्थ केयरमा उपचार भइरहेका साफीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मिर्चैयास्थित मुख्य चोकमा सिद्धि मेडिकल हल सञ्चालन गर्दै आएका साफीमाथि पसलमा हिसाब मिलान गरिरहेका बेला बत्ती गएको मौका छोपी गोली हानिएको थिो ।

घटनास्थल इलाका प्रहरी कार्यालय मिर्चैयाभन्दा ५० मिटरको दुरीमा अवस्थित छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको अशंकामा केही युवालाई नियन्त्रणमा लिइएको जनाए ।

प्रकाशित : जेष्ठ २३, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?