पूर्वसांसद वाइबाको निधन

भरत जर्घा मगर

सिरहा — पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विष्णुबहादुर तामाङको निधन भएको छ ।

पूर्वसांसद वाइबाको निधन

सिरहाको कर्जन्हा नगरपालिका–५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा बिहीबार अपरान्ह झापाको दमकस्थित आम्दा अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमणबाट मुक्त भइसकेका उनको उपचारको क्रममा सुगरलेभल एक्कासि बढी भएपछि उनको निधन भएको परिवारजनले बताएका छन् । तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट तत्कालीन संयुक्त जनमोर्चाबाट सांसदमा निर्वाचित भएका थिए ।

बीएल वाइबा नामले परिचित तामाङ कम्युनिस्ट आदर्श र शोषित पीडित जनताप्रति समर्पित नेताको रुपमा परिचित थिए ।

प्रकाशित : जेष्ठ २१, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?