वीरगन्जमा नागरिकता बाँडिएको विषय आधारहीन र असत्य : जिल्ला प्रशासन पर्सा- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा नागरिकता बाँडिएको विषय आधारहीन र असत्य : जिल्ला प्रशासन पर्सा

भूषण यादव

वीरगन्ज — जिल्ला प्रशासन कार्यालय पर्साको नाम जोडेर हालै सामाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएर भएका पोष्ट र आएका समाचारहरु प्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गरी निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी केही वर्ष पुरानो जस्तो देखिने भिडियो फुटेज समेत राखी सामाजिक सञ्जालमा भएका पोष्ट एवं आएका समाचारहरु आधारहीन, असत्य र कपोकल्पित भएको कुरा जानकारी गराएका हुन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अध्यादेश जारी गरेपछि सोमबार पूर्व गृहमन्त्री भीम रावलले २०७६ वैशाख ४ गते लिइएको एउटा भिडियो सामाजिक सञ्चालमा पोष्ट गर्दै वीरगन्जमा नागरिकता वितरण भएको लेखेका थिए । चौतर्फी विरोध भएपछि मंगलबार उनले उक्त भिडियो हटाएका थिए ।

‘देशका अन्य भाग जस्तै यस जिल्लामा पनि नयाँ भेरिएन्टसहितको कोभिड १९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न गत वैशाख १६ देखि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निषेधाज्ञा जारी भएको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रणसँग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको अवस्था छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एवं नभएको व्यहोरा स्पष्ट पारिन्छ ।’

अहिले जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण प्रयास कोभिड १९ संक्रमणको नियन्त्रण रोकथाम र उपचार व्यवस्थापनमा केन्द्रित रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७८ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ मा कोरोनाबाट थप १० संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ मा बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङमा २, झापामा ४, सुनसरीमा २ र प्रदेश २ को धनुषा र सिरहाको १/१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरस्थित नोबेल अस्पतालमा पथरीशनिश्चरे ३ की ५५ वर्षीया महिला, सिरहाको नवराजपुर गाउँपालिका १ का ४९ वर्षीय पुरुष र धनुषाको मिथिला नगरपालिका १० का ४६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

यस्तै, विराट मेडिकल शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगर ४ की ५२ वर्षीया महिला र धनुषाको जनकपुरको ६३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७८ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×