१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रौतहटमा जेठ ७ गते सम्मका लागि निषेधाज्ञा थपियो

शिव पुरी

रौतहट — जिल्ला प्रशसन कार्यालय रौतहटले कोभिड १९ को संक्रमण नियन्त्रण गर्न भन्दै जेठ ७ गते सम्मका लागि निषेधाज्ञाको समय थपेको छ । वैशाख २४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै प्रशासनले दोश्रो पटक थपेको हो ।

रौतहटमा जेठ ७ गते सम्मका लागि निषेधाज्ञा थपियो

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने राख्ने निर्णय गरेको हो । शुक्रबार निषेधाज्ञाको समय सकिँदै थियो ।

संक्रमणको दर अझै बढ्दै गएपछि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘एक साता अझै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ । पहिलो चरणको निषेधाज्ञा भन्दा कडाई गर्छौ,’उनलेभने,‘संक्रमणलाई रोक्न यो बाहेक बिकल्प छैन् । अव यसलाई कडाइका साथ लागू गर्छौ ।’

निषेधाज्ञाको स्वरुप परिवर्तन गरिएको छ । अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । यसअघि मानिसलाई हिँडडुलमा छुट दिइएको थियो । अब हिँड्न पाइने छैन् । त्यस्तै खाद्यान्न लगायतका पसलहरु सोमबार र बिहीबार सातामा दुई पटक मात्र खोल्न दिइने छ ।

यसअघि निषेधाज्ञाको अवधिमै पसलहरु खोल्न दिइएको थियो । बैंक तथा वित्तिय संस्थाहरु २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी हप्ताको दुई दिन आइतबार र बुधबार मात्र खुल्ला गर्न दिइने निर्णय भएको प्रशासनले जनायो ।

माछा मासुको पसल खोली बिक्री गर्न रोक लगाइएको छ । स्वास्थ्य मापदण्ड पालना गरी विकास निर्माण कार्य सञ्चालन गर्न पाउने छन् । निषेधाज्ञामा औषधि, औषधिजन्य पसल, पेट्रोल पम्प, उद्योग कलकारखाना २४ सै घण्टा खुल्ला राख्न भनिएको छ । अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, बिमा, सार्वजनिक संस्था लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगित गर्ने र न्यूनतम कर्मचारी उपस्थित भइ आन्तरिक प्रशासन शाखा सञ्चालन गर्न भनिएको छ । जिल्लाभित्रका हाट बजारमा लगाउन प्रतिबन्ध लगाइएको छ ।

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : वैशाख ३१, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?