सप्तरीमा ३ दिनमा ११ जना कोरोना संक्रमितको मृत्यु

अवधेशकुमार झा

राजविराज — पछिल्लो तीन दिनमा सप्तरी जिल्लामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सप्तरीमा ३ दिनमा ११ जना कोरोना संक्रमितको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार तीन दिनमा राजविराज, विराटनगरका अस्पताल र अस्पताल लग्ने क्रममा बाटोमै ११ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि सप्तरीमा यो ११ समेत गरी २० जना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख यादवका अनुसार जिल्लामा बिहीबार ३७ जना संक्रमित थपिएका छन् । यो समेत हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ४७ पुगेको छ । दोश्रो लहरमा संक्रमित भएकाहरुमध्ये अहिलेसम्म ९ जना मात्र निको भएका छन् ।

प्रकाशित : वैशाख ३०, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?