पोखरीमा स्तम्भ गाडेको हेर्नेको भीड- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरीमा स्तम्भ गाडेको हेर्नेको भीड

अवधेशकुमार झा

राजविराज — कोरोना संक्रमणबाट बिरामी र मृत्यु बढिरहेको र स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामै बिहीबार सप्तरीमा मेला लागेको छ । सुरुङगा नगरपालिका–१० सिसवामा पोखरीको मध्य भागमा काठको स्तम्भ (जाइठ) राख्ने कार्यका लागि गाउँभरिका मानिस भेला भएका छन् ।

कोरोना संक्रमणको दोश्रो लहरले जिल्लामा ६ सय जना संक्रमित र १३ जनाको मृत्यु भइसकेको अवस्थामा पोखरीमा स्तम्भ राख्ने नाममा मानिसहरुको भीड जम्मा गरिएको हो ।

सिसवाका नथुनी यादवले ४१ वर्षअघि गाउँमै खनाएको पोखरीको मध्य भागमा काठको स्तम्भ (जाइठ) राख्न बिहीबारको तिथि तय गरेका थिए । पूजापाठ गरि पोखरीमा स्तम्भ राख्ने बेलामा उनका नाता कुटुम्ब र गाउँका पूरै बस्ती पोखरीको डिलमा ओइरिएका थिए ।

बिहीबार बिहानबाट सुरु भएको यो प्रक्रिया जारी नै रहेको छ । स्तम्भ राखिएपछि नथुनी यादवले आफ्नो घरमा बृहत् भोज समेत आयोजना गरेका छन् । यादव तात्कालीन टिकुलिया पञ्चायतको प्रधानपन्च समेत भएका थिए ।

‘४१ वर्षअघि पोखरी खनाए,जाइठ नराख्दा राम्रो काम भएन । त्यसैले आजको मिति तोकी जाइठ राख्ने काम गरिरहेको छु’ यादवले टेलिफोनमा भने,‘अब धर्म संस्कार अनुसार कामै नगर्ने ?’ उनले आफूले १५–२० जनालाई मात्र बोलाएको तर हेर्नका लागि गाउँभरिका मानिस नै आएको बताए । भेला भएका स्थानीयहरु मध्ये केहीले मास्क समेत लगाएका थिएनन् भने दूरी पनि कायम गरिएको थिएन । प्रशासनले समूहमा भेला हुन रोक लगाएको छ ।

इलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरीक्षक वीरेन्द्र पासमानले यस विषयमा जानकारी भएपछि रोक्नका लागि प्रहरी पठाएको बताए । तर पोखरीमा पूजा अझै चलिइरहेको र मानिसको भीड कायमै रहेको स्थानीयले जानकारी दिए ।

पोखरीमा स्तम्भ गाड्न लागेका नथुनी यादवले यसपछि आजै भोजको समेत आयोजना गरेका छन् । ‘धेरै छैनन्, ४०–५० जनालाई भोजमा भन्या छु, केही अरु आइहाल्छन्,’ उनले भने ।

प्रकाशित : वैशाख ३०, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

महन्थ ठाकुरले आफू पक्षका सांसदलाई पुर्‍याए रिसाेर्टमा

कान्तिपुर संवाददाता

काठमाडौँ — जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरकाे एक रिसाेर्टमा राखेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरकाे एक रिसाेर्टमा पुर्‍याएका हुन् ।

फाइल तस्बिर

एक सांसदले भने, 'अहिले हामी एक रिसाेर्टमा छाैं । हामी पक्षकालाई यहाँ ल्याइएको छ । १७ सांसदमध्ये १३ जना रिसाेर्टमा छाैं ।'

सांसदहरूलाई रिसाेर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महताे पनि साथमै रहेका छन् । 'कुन रिसाेर्टमा भन्न मिल्दैन । यहाँ राजेन्द्र महताे पनि हुनुहुन्छ । सबै व्यवस्थापन गरेर उहाँ फर्किनुहुन्छ,' ती सांसदले भने ।

जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसाेर्टमा भेला गराउन सकेका हुन् ।

प्रकाशित : वैशाख ३०, २०७८ १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×