कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा कोरोनाबाट पत्रकारसहित चार जनाको मृत्यु

शिव पुरी

रौतहट — कोरोना संक्रमणबाट रौतहटमा बुधबार एक पत्रकारसहित थप चार जनाको मृत्यु भएको छ । सदरमुकाम गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा तीन र पत्रकारको वीरगन्‍जमा उपचारको क्रममा मृत्यु भएको हो । संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । 

रौतहटमा कोरोनाबाट पत्रकारसहित चार जनाको मृत्यु

गरुडा नगरपालिका-४ बौधिमाई नगरपालिका-२ र राजदेवी नगरपालिका-२ का तीन पुरुषको मृत्यु भएको जिल्ला अस्पताल गौरले जनायो ।वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारत गरुडाका स्थानीय पत्रकारको मृत्यु भएको छ ।संक्रमणका कारण दुई सातादेखि उपचार गराइरहेका पत्रकारको अपरान्ह मृत्यु भएको हो ।

जिल्लामा बुधबार थप ५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ सय ८२ पुगेको छ । गौर अस्पतालको पीसीआर ल्याबमा १ सय ४१ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी गौर नगरपालिकामा १४ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५१ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित : वैशाख २९, २०७८ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?