रौतहटमा कोरोनाबाट थप दुईको मृत्यु, मृतकको संख्या २३  पुग्यो

शिव पुरी

रौतहट — रौतहटमा कोरोना संक्रमणबाट मंगलबार थप दुईजनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या  २३ पुगेको छ । १० जनाको बाहिर उपचारको क्रममा र १३ जना जिल्लामै मृत्यु भएको हो ।

रौतहटमा कोरोनाबाट थप दुईको मृत्यु, मृतकको संख्या २३  पुग्यो

संक्रमणका कारण जिल्लाको गौरमा दुईजनाको मृत्यु भएको हो । वैशाख १२ गतेयता २३ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय गौरले जनायो । यस्तै, गौरमा अस्पतालमा १ सय १० जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्लामा अहिलेसम्म ४ सय ९० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ४९ जना निको भएर घर फर्केका छन् ।

संक्रमण बढ्दै गएपछि गौर, चन्द्रपुर र देबाहीगोनाहीमा ७१ बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । यी बाहेक १५ वटा नगरपालिकाहरुले ५/१० बेडको कोभिड अस्पताल सञ्चालनको तयारी थालेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्ष जिल्लामा २ हजार ६१ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये १४ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले त्यसबाट जोगिन १३ बुँदे कोरोना सम्बन्धि सचेतनामूलक सन्देश जारी गर्दै निषेधाज्ञा लगाएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?