२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पर्सामा थप ७ जना कोरोना संक्रमितको मृत्यु

शंकर आचार्य

पर्सा — पछिल्लो ११ घण्टामा वीरगन्जका विभिन्न अस्पतालमा गरी ७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

पर्सामा थप ७ जना कोरोना संक्रमितको मृत्यु

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार सोमबार साँझ नारायणी अस्पतालमा वीरगन्ज–१० की ६९ वर्षीया महिलाको मृत्यु भएको हो । सोमबारै साँझ ६ बजेर ३० मिनेटमा नारायणी अस्पतालमै वीरगन्ज–४ की ४० वर्षीया महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान २ बजेर १० मिनेटमा नारायणी अस्पतालमा वीरगन्ज–९ का ५५ वार्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार बिहान १ बजेर ५० मिनेटमा वीरगन्ज –१५ की ५७ वर्षीया महिलाको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको छ ।

मंगलबार बिहान १ बजेर २० मिनेटमा वीरगन्ज–६ की ७६ वर्षीया महिलाको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार बिहान ३ बजे बुनियाद–१ बाराकी ५५ वर्षीया महिलाको उचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको छ ।

मंगलबार बिहान ५ बजेर ५० मिनेटमा नारायणी अस्पतालमा पर्सा जगरनाथपुर गाउँपालिका–१ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार २ सय ८८ जनाको स्वाब परीक्षण गर्दा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?