कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ट्रकको ठक्करले पतिपत्नीको मृत्यु

अवधेशकुमार झा

राजविराज — ट्रकको ठक्करबाट सप्तरीमा पतिपत्नीको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–३ का ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी ४० वर्षीया पत्नी सुनीतादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट आउँदै गरेको ३८६१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएपछि साइकलमा सवार पतिपत्नी गम्भीर घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि भारदह अस्पताल लैजाने क्रममा मृत्यु भएको डीएसपी काफ्लेले बताए । ट्रक चालकलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?