निषेधाज्ञाले गहुँ खरिद प्रभावित

पर्सा — पर्सामा निषेधाज्ञा जारी भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले सुरु गरेको गहुँ खरिद प्रभावित भएको छ ।

कार्यालयका सूचना अधिकृत मुनिलाल कुशवाहाका अनुसार, किसानले गहुँ ल्याउन खोज्दा ठाउँठाउँमा सुरक्षाकर्मीले अवरोध गरेका छन् ।

‘हामी कार्यालय खोलेर बसेका छौं, सुरक्षा निकायलाई केही भन्न सक्ने अवस्थामा छैनौ,’ उनले भने । शाखाले वैशाख ८ गतेबाट गहुँ किन्न थालेको थियो । यस सिजनका लागि शाखाले ३ हजार क्विन्टल गहुँ खरिदको कोटा पाएको थियो । जेठ १५ सम्म खरिद गर्ने लक्ष्य थियो । तर निषेधाज्ञा लम्बिएर वैशाख ३० सम्म पुगेपछि थप एक साता गहुँ खरिद हुन नसक्ने कुशवाहाले बताए ।

हालसम्म शाखाले २ सय १६ क्विन्टल ८५ किलो किनिसकेको छ । सरकारले तोकेको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ११ रुपैयामा गहुँ किनिरहेको शाखाले जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?