पर्सामा थप ९ जना कोरोना संक्रमितको मृत्यु

शंकर आचार्य

पर्सा — पर्साका विभिन्न अस्पतालहरुमा गरी पछिल्लो ११ घण्टामा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

पर्सामा थप ९ जना कोरोना संक्रमितको मृत्यु

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार आइतबार दिउँसो १२ बजे वीरगन्जको तराई अस्पतालमा वीरगन्ज–१० का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार साँझ ४ बजेर १० मिनेटमा नारायणी अस्पतालमा पर्सा बिन्दवासिनी गाउँपालिका–४ की ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

वीरगन्ज हेल्थ केयर अस्पतालमा सोमबार बिहान साढे १२ बजे वीरगन्ज–१० की ६० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगन्जकै नेशनल मेडिकल कलेजमा सोमबार बिहान साढे एक बजे वीरगन्ज–२ छपकैयाकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा सोमबार बिहान २ बजे उपचारको क्रममा बारा निजगढ–७ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

नेशनल मेडिकल कलेजमा सोमबार बिहान साढे २ बजे वीरगन्ज मुर्लीका ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा सोमबार बिहान साढे ६ बजे पर्सा पकाहामैनपुर–५ की ३८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालमा सोमबार बिहान ९ बजे पर्सा बहुदरमाई नगरपालिकाका ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासका अनुसार सोमबार बिहान १० : ४५ मा अस्पतालमा उपचाररत बारा बेहरी १४ का ७० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणले जिल्लामा कोरोना संक्रमण झनै बढेको देखाएको छ । २ सय ८८ जनाको स्वाब परीक्षण गर्दा १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : वैशाख २७, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?