अक्सिजन सिलिन्डर नियन्त्रणमा

धनुषा — स्वास्थ्य प्रयोजनबाहेकमा प्रयोग गर्ने उद्देश्यले उद्योग तथा कलकारखानामा राखिएका अक्सिजन सिलिन्डर प्रहरीले नियन्त्रणमा लिएको छ ।

अक्सिजन सिलिन्डर नियन्त्रणमा

प्रदेश २ अन्तर्गतका विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक राखिएको अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

अक्सिजनसहितको १ सय ३२ सिलिन्डर र खाली सिलिन्डर ५ सय ६८ वटा गरी ७ सय वटा बरामद गरिएको छ । ती सिलिन्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक डिस्टिब्युटरलाई बुझाइएको छ ।

प्रकाशित : वैशाख २७, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?