कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लक्षण छ, परीक्षण गराउँदैनन्

रौतहट — चन्द्रपुर–६ की सुनिता माझीलाई ज्वरो आएको ३ दिन भएको थियो । उनी फार्मेसीबाट सिटामोल मगाएर खाइरहेकी थिइन् । त्यसले अलि कम भए पनि फेरि ज्वरोले च्याप्यो ।

उनी शुक्रबार डराइडराइ अस्पताल पुगिन् । आफूलाई संक्रमण भएको हो कि भनेर परीक्षण गराउनसमेत डराइन् । डाक्टरले एन्टिजेन विधिबाट टेस्ट गराउन भने पनि उनले मानिनन् ।

‘ज्वरो आएको ३ दिन भयो । जाँच गराउन निकै डर लागेको छ,’ उनी भन्छिन्, ‘कोरोना लागेको रहेछ भने चिन्ताले ज्यान जान्छ । फेरि यो बेला उपचार पनि हुँदैन । बरु यतिकै औषधि सेवन गरेर बस्छु ।’

माझी मात्र होइन रौतहटका अधिकांश ज्वरोका बिरामी अस्पताल जानै मान्दैनन् । अहिले जिल्लाभरी ज्वरोको प्रकोप छ । घर/घरमा मानिसहरू बिरामी परेका छन् । तर, उनीहरू संक्रमणको डरले जचाउनै जाँदैनन् । चन्द्रपुर अस्पतालका डा. सुभाष चौधरीले ज्वरोका धेरैजसो बिरामी घरमै बसेको बताए । ‘अस्पताल आइहाले पनि जाँच गराउन डराउँछन्,’ उनले भने, ‘बरु सिटामोटल दिनुस यसैले ठीक हुन्छ भन्छन् ।’ अस्पतालमा दिनहुँ १५/२० जनासम्म ज्वरोका बिरामी आउने गरेका छन् ।

प्रकाशित : वैशाख २७, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?