कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोना बढेपछि रौतहटमा शनिबारदेखि निषेधाज्ञा 

शिव पुरी

रौतहट — पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले शनिबारबाट जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ । प्रशासनले होटल, रेस्टुरेन्ट, फेन्सी र कपडाका पसलहरु बन्द गराएको छ । जिल्लामा सञ्‍चालित हाटबजारहरु यसअघि नै बन्द गराइसकेको छ ।

कोरोना बढेपछि रौतहटमा शनिबारदेखि निषेधाज्ञा 

जिल्लाका अधिकांश बजार, होटल, रेस्टुरेन्टहरुमा भीडभाड बढी हुन थालेपछि प्रशासनले वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाएको हो । कार, जिप, मोटरसाइकललगायतका निजी सवारीहरु बन्द गराइए पनि निषेधाज्ञामा मानिसलाई पैदल हिँड्न भने छुट दिइएको छ ।

सुरक्षाकर्मीहरु चोकचोकमा बसेर पास बिनाको सवारी रोक्ने र २ घण्टासम्म होल्डमा राख्ने गरेको छ । निषेधाज्ञाका कारण सडक सुनसान छ ।प्रशासनले खाद्यान्न लगायतका पसलहरु खोल्न अनुमति दिए पनि व्यापारीले खोलेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको बताए । प्रशासनले भीडभाड हुने क्षेत्रहरु सिनेमा हल, जिमखाना, सभा सम्मेलन, हाट बजार, खेलकुद, धार्मिक क्रियाकलापहरु पनि वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । साथै एकै पटक १५ जनाभन्दा बढी नबस्न, विभिन्न सामग्रीहरु अनावश्यक नछुने, सामाजिक दुरी कायम गर्ने, अनिवार्य मास्क प्रयोग गर्ने, सेनिटाइजर प्रयोगको व्यवस्थापन गरी खाद्यान्न लगायतका पसलहरु सञचालन गर्न दिर्नेशन दिइएको छ ।

कोरोना संक्रमणका कारण जिल्लामा दुई साताको अवधिमा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५३ पुगेको छ ।

प्रकाशित : वैशाख २५, २०७८ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?