कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बढी मूल्यमा पल्स अक्सिमिटर बिक्री गर्ने पक्राउ

भूषण यादव

वीरगन्ज — शरीरमा अक्सिजनको मात्रा र पल्स जाँच गर्ने अक्सिमिटर दोब्बर मूल्यमा बिक्री गरेका एक व्यवसायीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

बढी मूल्यमा पल्स अक्सिमिटर बिक्री गर्ने पक्राउ

वीरगन्ज महानगरपालिका–१६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारीले आफ्नै घरमा खोलेको औषधि पसलमा एक हजार ९ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३ हजार पाँच सय रुपैयाँमा बिक्री गरेको प्रहरीमा उजुरी पुगेको थियो ।

विशेष सूचनाको आधारमा शुक्रबार साँझ साढे ५ बजे प्रहरी टोलीले तिवारीको पसलबाट १२ थान अक्सिमिटर बरामद गरेको थियो ।

तिवारीलाई नियन्त्रणमा लिएर कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जनाए । कोरोनाको दोस्रो चरण उरालो लाग्दै गरेको अवस्थामा मास्क, सेनिटाइजर, अक्सिमिटर जस्ता उपकरणमा अचाक्ली मूल्यवृद्धि भएको गुनासो बढ्दो छ ।

प्रकाशित : वैशाख २५, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?