१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सप्तरीका बजार क्षेत्रमा शनिबार रातिबाट निषेधाज्ञा

अवधेश झा

राजविराज — कोरोना संक्रमण तीव्र रुपमा बढदै गएपछि सप्तरी प्रशासनले वैशाख २५ गते राति १२ बजेबाट जिल्लाका बजार क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

सप्तरीका बजार क्षेत्रमा शनिबार रातिबाट निषेधाज्ञा

बिहीबार बिहान बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका राजविराज, तोपा, हनुमान नगर, भारदह, बरमझिया, कञ्चनपुर, फत्तेपुर, महुली, वीरेन्द्र बाजार, रुपनी, कठाउन्ना, कल्याणपुर, खर्चुहिया, कदर्बोना, पातो, बोदेबसाइन, सखडा लगायतका बजार क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले बताए ।

बैठकले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन स्थानीय तहले गर्ने निर्णय गर्दै संक्रमित बढे निश्चित क्षेत्रलाई सिल गर्ने अधिकार समेत स्थानीय तह र स्थानीय प्रहरीलाई दिएको छ ।

यस्तै सरकारी अस्पतालमा कार्यरत डाक्टरले सञ्चालन गरेको निजी क्लिनिक बन्द गर्न आग्रह गर्ने तथा अन्य डाक्टरले सञ्चालन गरेको क्लिनिकमा स्वास्थ्य मापदण्ड पालना भए/नभएको अनुगमन गर्ने निर्णय भएको प्रजिअ पोख्रेलले बताए । जिल्लामा रहेका २ निजी अस्पताल छिन्नमस्ता र युनिक अस्पतालमा आइसोलेसन सञ्चालनका लागि तयारी गर्ने निर्णय समेत गरिएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?