वीरगन्ज महानगरपालिकाले एकसय शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाले एक/एक सय शय्या क्षमताको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने भएको छ । अस्पतालमा बिरामी भरिएकाले महानगरपालिकाले शुक्रबारदेखि अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर सञ्चालन गर्न लागेको मेयर विजयकुमार सरावगीले जनाए । 

वीरगन्ज महानगरपालिकाले एकसय शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने

होम आइसोलेसनमा अक्सिजन प्रयोग गरिरहेका बिरामीहरुको अवस्था समेत जटिल बन्न थालेकोले चिकित्सकको निगरानीमा उपचार गर्नका लागि महानगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको मेयर सरावगीले बताए । वीरगन्ज महानगरपालिका– १० घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गरिने उनले बताए ।

अस्थायी अस्पतालमा चिकित्सकसहित प्यारामेडिकल स्टाफ समेत रोखर संक्रमितको उपचार गरिनेछ । त्यहाँ अक्सिजनसहितको बेड पनि हुने मेयर सरावगीले बताए । उनले भने, ‘होम आइसोलेसनमा रहेका अक्सिजन प्रयोग गर्नुपर्ने संक्रमितहरुलाई अस्थायी कोभिड अस्पतालमा उपचार गरिनेछ । होम आइसोलेशनमा रहेका बिरामीलाई चिकित्सकको निगरानीमा अक्सिजन दिनुपर्ने अवस्था देखिएको छ, त्यस्ता संक्रमितलाई महानगरको कोभिड अस्पतालमा उपचार गर्छौं।’ कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खाना समेत महानगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउने उनले जनाए ।

महानगरपालिकाले केही दिन अघि मात्र एम्बुलेन्स, शव वाहन सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी लायन्स क्लबको साझेदारीमा कोभिड संक्रमितहरुको निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?