धनुषामा बोरामा फालिएको अवस्थामा बेवारिसे शव फेला

सन्तोष सिंह

धनुषा — जनकपुरमा पुरुषको शव बोरामा फालिएको अवस्थामा फेला परेको छ । जनकपुरधाम–२३ बिन्धीस्थित सिक्सलेन सडक नजिकै बगैंचामा बोरामा राखेर फालिएको अवस्थामा पुरुषको शव फेला परेको हो । 

घाँटीमा डाम देखिएको पहिचान खुल्न नसकेको ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाब उपरीक्षक मकेन्द्र मिश्रले बताए । बोरामा राखेरमाथिबाट बाँधेर फालेको अवस्थामा मंगलबार बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रातिको समयमा शव फालेको हुन सक्ने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?