धनुषामा बोरामा फालिएको अवस्थामा बेवारिसे शव फेला
धनुषा — जनकपुरमा पुरुषको शव बोरामा फालिएको अवस्थामा फेला परेको छ । जनकपुरधाम–२३ बिन्धीस्थित सिक्सलेन सडक नजिकै बगैंचामा बोरामा राखेर फालिएको अवस्थामा पुरुषको शव फेला परेको हो ।
घाँटीमा डाम देखिएको पहिचान खुल्न नसकेको ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाब उपरीक्षक मकेन्द्र मिश्रले बताए । बोरामा राखेरमाथिबाट बाँधेर फालेको अवस्थामा मंगलबार बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
रातिको समयमा शव फालेको हुन सक्ने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : वैशाख २१, २०७८ १७:२५प्रतिक्रिया