पर्सामा दुई जना कोरोना संक्रमितको मृत्यु

शंकर आचार्य

पर्सा — कोरोना संक्रमणबाट पर्सामा २४ घण्टायता दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार नेशनल मेडिकल कलेजमा र नारायणी अस्पतालमा गरी २ जनाको मृत्यु भएको हो ।

पर्सामा दुई जना कोरोना संक्रमितको मृत्यु

नेशनल मेडिकल कलेजमा सोमबार राति साढे ७ बजे पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । नारायणी अस्पतालमा मंगलबार बिहान साढे ११ बजे वीरगन्ज महागनर–१६ का २६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसअघि तुलनात्मक रुपमा कम बिरामी भर्ना हुने गरेको नारायणी अस्पताल मंगलबार भने कोरोना संक्रमित बिरामीले भरिएको छ । अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासका अनुसार मंगलबार अस्पतालमा ९३ कोरोना संक्रमित भर्ना भएका छन् । तीमध्ये ८ आईसियुमा र ८५ एचडियु युनिटमा भर्ना छन् । सबैलाई अक्सिजन दिएर राखिएको उनले बताए ।

नारायणी अस्पतालको प्रयोगशालाको सोमबारको नतिजाको अनुसार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ४ जनामा कोरोना पुष्टि भएको छ । वीरगन्जस्थित नेपाल भारत सीमामा रहेको हेल्थ डेस्कमा मंगलबार पनि ५ कोरोना संक्रमित भेटिएका छन् । डेस्कमा मंगलबार भारतबाट आएका ३८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती मध्ये ३ नेपाली र २ भारतीय नागरिक हुन् ।

प्रकाशित : वैशाख २१, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?