स्थानीय तहले अझै बनाएनन् क्वारेन्टाइन

शंकर आचार्य

पर्सा — कोरना भाइरसको दोस्रो लहर सुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका स्थानीय तहहरुले अझै क्वारेन्टाइन र आइसोलेसन निर्माण गरिसकेका छैनन् ।

स्थानीय तहले अझै बनाएनन् क्वारेन्टाइन

जिल्लामा १४ स्थानीय तह रहेपनि कुनै पनि तहले यसपटक आइसोलेसन र क्वारेन्टाइन बनाउने तदारुकता देखाएका छैनन् । जिल्लामा १ हजार ४ सय बढी संक्रमित अझै पनि होम आइसोलेसनमै बसेका छन् ।

यता वीरगन्जका होटल व्यवसायीले भने सक्रियता देखाएका छन् । वीरगन्जको होटल विजय ज्योतीले एक सातायता सशुल्क आइसोलेसन सन्चालनमा ल्याएको होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरी पन्तले जानकारी दिए । आवश्यक परे अन्य होटेललाई पनि आइसोलेसनको रुपमा सञ्चालन गर्न आफूहरु तयारी अवस्थामा रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले हालसम्म जिल्लाका कुनै पनि स्थानीय तहले आइसोलेसन वा क्वारेन्टाइन सञ्चालन नगरेको बताए । सखुवा प्रसौनी गाउँपालिकाले अक्सिजनको सुविधासहितको आइसोलेसन निर्माण गरिरहेको र त्यो केही दिनमै सञ्चालनमा आउने उनले जानकारी दिए ।

यसैबीच सोमबार नारायणी अस्पतालमा ६१ कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । तीमध्ये ११ जनालाई भेन्टिलेटरमा र अन्यलाई अक्सिजन दिएर राखिएको उनले बताए ।

प्रकाशित : वैशाख २०, २०७८ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?