कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा कोरोनाबाट थप २ को मृत्यु  

शंकर आचार्य

पर्सा — शनिबार कोरोनाबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा उपचाररत वीरगन्ज महानगरपालिका-७ का ६० वर्षीय पुरुषको बिहान ६ बजे र नारायणी अस्पतालमा वीरगन्ज-८ की ७० वर्षीया महिलाको दिउँसो १२ बजे मृत्यु भएको हो । 

पर्सामा कोरोनाबाट थप २ को मृत्यु  

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता जिल्लामा कूल १ हजार ४ सय ९१ जनामा कोरोना संक्रमण भएको छ । निको भइसकेका र विभिन्न अस्पतालहरुमा उपचाररत बाहेक शनिबार होम आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार २ सय १ रहेको श्रीवास्तवले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर सुरु भएयता जिल्लामा ३३ जनाको मृत्यु भइसकेको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार शनिबारसम्म नारायणी अस्पतालमा २५, नेशनल मेडिकल कलेजमा २, बयोधा अस्पतालमा ४, गण्डक अस्पतालमा १ र जिल्ला बाहिरको अस्पतालमा १ गरी ३३ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार २ सय ८० जनाको स्वाब परीक्षण गर्दा १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दोस्रो लहर सुरु भएयता जिल्लामा एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो ।

प्रकाशित : वैशाख १८, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?