कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धनुषामा पत्नीद्वारा पतिकाे हत्या

सन्तोष सिंह

धनुषा — धनुषाकाे टिल्हीमा घरायसी विवादमा एक जनाले पतिकाे हत्या गरेकी छन् । हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नीले धारिलो हतियार प्रहार गरी हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

शुक्रबार मध्यराति भएकाे विवादमा मण्डललाई २३ वर्षीय पत्नी सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गरेकाे प्रहरी उपरीक्षक रानाभाटले बताए । मृतक मण्डलकाे घाँटी र शरीरकाे विभिन्न भागमा काटिएकाे छ ।

कुटपिटबाट मण्डलकाे मृत्युपछि पत्नी र भाइहरु फरार भएका छन् ।

घटनास्थलमा पुगेका प्रहरी हत्याबारे अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित : वैशाख १८, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?