सप्तरीमा १० जनाको परीक्षणमा २ नर्सिङ स्टाफसहित ७ जनामा कोरोना पुष्टि


राजविराज — सप्तरीमा ७ जना कोरोना संक्रमित थपिएका छन् । गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा बिहीबार साँझ गरिएको १० जनाको परीक्षणमा सोही अस्पतालका २ जना नर्सिङ स्टाफसहित ७ जनाको रिपोर्ट पोजिटिभ आएको प्रयोगशालाले जनाएको छ ।



अस्पतालका २ जना नर्सिङ स्टाफलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा समेत प्रभावित हुने देखिएको छ । यसअघि पनि १ जना नर्सिङ स्टाफलाई पोजिटिभ भएका थिए ।
बिहीबार नै अन्य ५० जनाको स्वाब लिइएकोमा उनीहरूको परीक्षण रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित : वैशाख १६, २०७८ २०:०५