सप्तरीमा मास्क नलगाउने ६ सय २४ जनालाई जरिवाना

राजविराज — सप्तरी प्रहरीले मास्क नलगाएका ६ सय २४ जनालाई जरिवाना गरेको छ । कोरोना महामारी तीव्र रुपमा बढिरहँदा मास्क नलगाई घरबाहिर निस्केका ६ सय २४ जनालाई एकसय रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सप्तरीमा मास्क नलगाउने ६ सय २४ जनालाई जरिवाना

उनीहरुबाट जरिवाना बापत ६२ हजार ४ सय रुपैयाँ राजश्व संकलन भएको छ । राजविराजसहित जिल्लाका अन्य स्थानमा अझै पनि मास्क नलगाई घर बाहिर निस्कने क्रम नरोकिएपछि प्रहरीले निगरानी बढाएको हो ।

मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु

यसैबीच, मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बुधबार सुरुंगा नगरपालिका-१ तेतरियाका १६ वर्षीय रामु सदायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेपछि गम्भिर भएका रामुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १५, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?