व्यवस्थापनमा ढिलाइ हुँदा चोरी–तस्करीबाट बरामद सालको काठ कुहिन थालेको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरअन्तर्गतका सेक्टर वनमा राखिएको काठ कुहिएको हो ।
कोरोना संक्रमणको बढ्दो जोखिमका बीच पनि सर्लाहीमा भीडभाड पातलिएको छैन । स्थानीय प्रशासनले २५ जनाभन्दा बढी एक स्थानमा जम्मा नहुन निर्देशन गरेको छ । तर, निर्देशको अटेरी गर्नेमा विभिन्न संघसंस्था र राजनीतिक दल नै बढी छन् ।
कोरोनाको दोस्रो लहर तीव्र रूपमा बढिरहेका बेला वीरगन्ज महानगर क्षेत्रमा अर्को सरुवा रोग डेंगुको प्रकोप फैलिएको छ । स्थानीय अस्पतालमा डेंगुको संक्रमण भएका बिरामीहरूको संख्या बढ्दै गएको हो ।
सर्लाही पिपरियाका सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको घटनाका मुख्य सुटर चार वर्षपछि पक्राउ परेका छन् । कविलासी नगरपालिका–२ पिपरियाका २२ वर्षीय युवक सुनीलकुमार साहलाई २०७४ असोज २४ गते साँझ पसल बन्द गरेर घर फर्कने क्रममा बाटोमा आक्रमण भएको थियो ।
पर्याप्त सिँचाइ नहुँदा अन्नभण्डार मानिने प्रदेश २ मा बर्सेनि कृषि उत्पादन घटिरहेको छ । मर्मतसम्भारको अभावमा सिँचाइका पुराना पूर्वाधार जीर्ण छन् । सरकारले सिँचाइ योजनामा कनिका छरे झैं बजेट छुट्याइदिँदा वर्षौंदेखि मर्मतसम्भार सुस्त छ । बजेट अभावमा प्रदेश २ का आठ जिल्लामा ५१ वटा सिँचाइ योजनाको निर्माण अलपत्र छ ।
सर्लाही हरिपुर्वाका मुकेश झालाई कामविशेषले सदरमुकाम मलंगवा दिनहुँ ओहोरदोहोर गर्नुपर्छ । तर मोटरसाइकलमा जाँदा हावाहुरीको मौसमका कारण सडकको धूलोले उनको शरीर नै छोपिन्छ ।
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएपछि सप्तरीको पूर्वोत्तर क्षेत्रका बासिन्दा फेरि त्रसित बनेका छन् । भित्र्याउन ठिक्क पारेको गहुँ कुर्न खेतमा पुगेका हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजका नारायण प्रमाणीको शुक्रबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
गत वर्ष कोरोना महामारी नियन्त्रण गर्न भारतसँगको सीमा सिल हुँदा आवतजावत ठप्प भयो । तर, सीमा वारपार तस्करी भने भइरह्यो । नाकाहरूमा ढाट तेर्स्याइएपछि केही परबाट नयाँ बाटो खोलिएको छ । त्यही बाटो भएर तस्करी हुन्छ ।
अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा रौतहटको वाग्मती र लालबकैया नदीको बाँध मर्मत हुन सकेको छैन । दुवै नदी नियन्त्रण गर्न भारत सरकारले निर्माण गरिदिएको बाँध ठाउँठाउँमा भत्किएको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको बेला प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कर्मचारी अभाव भएको छ । एक वर्षदेखि तलब–भत्ता नपाएपछि प्रयोगशालामा विभिन्न तहमा कार्यरत ३६ जना कर्मचारी चैत दोस्रो सातादेखि काममा आएका छैनन् । कर्मचारी नहुँदा पीसीआर परीक्षण प्रभावित बनेको छ ।