१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनिता बराल

महोत्तरी — बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास–३ स्थित कालापानीमा मंगलबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक मोरङ जिल्ला कानेपोखरी ३ का २६ वर्षका नरेन्द्र दुलाल रहेका छन् ।

मोटरसाइकलको पछाडि बस्ने मोरङ सुन्दर हरैचा–६ का ३५ वर्षीय केदार बास्तोला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको बदिबासस्थित जनसेवा अस्पतालमा उपचार पछि थप उपचारका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।

उत्तरबाट दक्षिण (बर्दिबास) तर्फ जाँदै गरेको बा २ ब ९३३८ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई दक्षिणबाट उत्तर सिन्धुलीतर्फ गइरहेको मालवाहक ट्रकले ठक्कर दिँदा दुलालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुलालको साथमा रहेका कागजपत्रका आधारमा उनी नगरपालिकामा काम गर्ने कर्मचारी हुनसक्ने र थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए । दुर्घटनामा ठक्कर दिने ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ३१, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?