२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

महोत्तरीमा सेनाको जिप दुर्घटना हुँदा ५ जना घाइते

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिबासमा नेपाली सेनाको जिप दुर्घटना हुँदा ५ जना सेना घाइते भएका छन् । पांग्रा पड्किएर बाटोमुनिको खोल्सामा जीप खस्दा घाइते भएका ५ मध्ये दुई सेनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

महोत्तरीमा सेनाको जिप दुर्घटना हुँदा ५ जना घाइते

मध्यपूर्वी पृतना तालिम शिक्षालय धनुषा धारापानीबाट बदिबास जाँदै गरेको बा २ झ ४६३ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक कैलाश खत्रीले जानकारी दिए ।

दुर्घटनामा ३३ वर्षीय जमदार बुद्धमान राई, ३४ वर्षिय अमलदार सन्तोष विष्ट गम्भीर घाइते भएका छन् । त्यसैगरी ३४ वर्षीय पियूठ अमल थापा, २४ वर्षीय दशरथ थारु, ३८ वर्षीय नेपाली सेनाका गाडी चालक चेतराज राई पनि घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।

घाइतेहरुलाई थप उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल लैजान हेलिकप्टर ल्याउने तयारी भइरहेको सेनाले जनाएको छ ।


पानी तान्ने मोटर लिन नेपाली सेनाको टोली बर्दिबास हिँडेको थियो । जिपको अगाडिको देब्रतिरको पांग्रो पड्केपछि अनियन्त्रित भएर जिप पल्टिएको थियो । जीप १० मिटर गहिरो खोल्सामा खसेको प्रहरीले बताएको छ । दुर्घटनापछि घटना स्थलाबाट घाइते नेपाली सेनाका जवानलाई स्थानीय र प्रहरीले अस्पताल पुर्‍याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : चैत्र ३१, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?