कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पर्सामा पनि खनाल–नेपाल समूहको समानान्तर कमिटी

भूषण यादव

वीरगन्ज — नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पर्सामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र घनश्याम भुसालको उपस्थितिमा शनिबार वीरगन्जको भिसुवा होटलमा आयोजना भएको कार्यकता भेलामा बालगोपाल थापाको नेतृत्वमा एक सय ७५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

पर्सामा पनि खनाल–नेपाल समूहको समानान्तर कमिटी

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टीलाई बलियो बनाउन राष्ट्रव्यापी अभियान थालिएको बताए । प्रेस संगठन पर्साले आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यो अभियानले छरपस्ट रहेका कार्यकर्तालाई एकतावद्ध गर्ने बताए ।

‘संगठनविहीन भएकालाई संगठनमा आवद्ध गरिनेछ,’ उनले भने, ‘अनेक भ्रममा परेकालाई भ्रममुक्त गर्ने छ ।’ उनका अनुसार जब पार्टीमा संकट देखापर्‍यो, पार्टी विधि अनुसार चलेन । पार्टीमा मनपरितन्त्र हाबी भएर सबै सिस्टम भक्तिन थालेपछि गलत प्रवृत्ति अन्त्य गर्ने अभियान थालिएको उनले बताए । आफ्नो पक्षका अध्यक्ष र पदाधिकारीलाई हटाउँदै गरेकाेमा आफूहरुले प्रत्येक जिल्ला, नगरपालिका, गाउँपालिका र वडामा संगठन बनाउन थालेको बताए । ‘हामीलाई कुर्सीको लोभ छैन्, अहिले कुर्सीमा जानु छैन,’ उनले भने, ‘यो संघर्ष विधिको हो, कुर्सीको हैन् । जुन कदम चालिएका छन्, ती असंवैधानिक छन्, लोकतन्त्र विरोधी छन् ।’

महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई सानो गुटको भेला बोलाएर आफ्नो पक्षमा नभएकालाई पद र जिम्मेवारी खोसिदिने काम भएको उनले बताए । आफूहरु दलको विधानले बाधिएको र अहिले आफूहरुको बहुमत नभएकाे स्पष्ट पारे ।

बहुमत नभएकाले सबै प्रतिपक्षी मिलेर सरकार बनाउन खाोजेमा नबनाउ भन्न नमिल्ने उनले बताए । 'जे गर्नु हुन्छ उहाँहरुले गर्नुहुन्छ । बाधा अड्काउ फुकाउको नाममा विधानमा मनपरी गर्न पाइँदैन्,’ उनले भने, ‘त्यसको उजुरी हामीले निर्वाचन आयोगमा गरेका छौँ । निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन भने यो भन्दा ठूलो विडम्बना के हुन्छ । पार्टीमा मनपरी भइरहेको छ । गलत भयो भनेर निर्वाचन आयोग गयौँ । चिठी दर्ता गर्‍यौँ । तर, केही भएन ।’

प्रकाशित : चैत्र २९, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?