कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रदेश २ सभा बैठक सोमबार

धनुषा — प्रदेश २ सभाको बैठक चैत ३० गते सोमबारका लागि बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौं अधिवेशन सुरु गर्न लागिएको हो । चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो । 

प्रदेश २ सभा बैठक सोमबार

संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुंगो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए । नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो ।

पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ । अन्य विषयमा दलहरूसँग छलफल भइरहेको यादवले जानकारी दिए । मुलुकको राजनीतिक संकट, कोभिड महामारी र राजनीति दल विभाजन तथा एकता प्रक्रिया टुंगो नलाग्दा प्रदेशसभा ६ महिनादेखि बस्न सकेको थिएन ।

बैठक बोलाउन विपक्षी कांग्रेसका प्रदेश सांसदले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । राजपा र समाजवादी पार्टीको एकता भएर जनता समाजवादी पार्टी भए पनि प्रदेशसभामा पुरानै दुई पार्टी दर्ता छन् । प्रदेशसभाबाट पुरानै पार्टीको हैसियतमा दलका नेता, उपनेता, सचेतकको सेवासुविधा गइरहेको छ ।

प्रकाशित : चैत्र २९, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?