सशस्त्रका बीओपीमा सीसीटीभी क्यामेरा

पर्सा — सशस्त्र प्रहरीले जिल्लास्थित ७ वटा बोर्डर आउट पोस्ट (बीओपी) मा सीसीटीभी क्यामेरा जडान गरेको छ । प्रहरी प्रधान कार्यालयको लगानीमा वीरगन्ज भन्सार, सिर्सिया, अलौं, अमरपट्टी, भिस्वा, सुवर्णपुर र ठोरी बीओपीमा क्यामेरा जडान गरिएको हो । 

सशस्त्रका बीओपीमा सीसीटीभी क्यामेरा

सशस्त्र प्रहरी जिल्ला कार्यालयका प्रहरी नायब उपरीक्षक निर्मलकुमार थापाका अनुसार भन्सार बीओपीमा ४ वटा र अन्यमा ३/३ वटाको दरले क्यामेरा जडान गरिएको हो । जिल्लामा १७ वटा बीओपी छन् । ‘कतिपय स्थानमा केबलको अभावले समस्या भएको छ,’ थापाले भने, ‘मुख्य नाका तथा बढी मुभमेन्ट भएका नाकास्थित बीओपीलाई प्राथमिकतामा राखेका छौं ।’

सबै बीओपीका क्यामेराको कनेक्सन जिल्लास्थित सशस्त्र प्रहरी उपरीक्षक नेतृत्वको कार्यालयसँग रहनेछ । सीमा अनुगमन र सीमामा हुने चोरी पैठारी नियन्त्रणका लागि यस्तो अभियान सुरु गरिएको थापाले बताए । भारतबाट नेपालतर्फ दैनिक उपभोग्य वस्तु र लत्ताकपडाको तस्करी हुने गरेको छ ।

प्रकाशित : चैत्र २६, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?